१२ बैशाख २०८१, बुधबार

बढ्याे सार्वजनिक यातायातकाे सवारी भाडा, कुन दुरीकाे भाडा कति ?

Bus 1 1
फाइल फोटो

गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ ।

व्यवसायीको चर्को असन्तुष्टिलाई सम्बोधन गर्दै प्रदेश सरकारले गण्डकी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक बस, ट्रक, ट्याक्सी लगायतका साधनको भाडादर समायोजन गरिएको हो ।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा भाडा सिफारिस समितिको प्रतिवेदनका आधारमा भाडा समायोजन गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिनुभयो ।

समायोजन भएको भाडा दर अनुसार प्रदेशभित्र लामो दुरीमा चल्ने यात्रुबाहक बसले यात्रुसँग साविकको भाडामा थप २३ दशमलव ५१ प्रतिशत भाडा थप गरेर लिन पाउने छन् ।

त्यसैगरी, नगर बसमा यात्रा गर्ने यात्रुसँग व्यवसायीले साविकको भाडामा थप २२ दशमलव ५५ प्रतिशत भाडा थप गरेर लिन पाउने छन् । ट्रकको भाडा पनि १४ दशमलव ५७ प्रतिशतले बृद्धि गरिएको छ ।

भाडामा सञ्चालन हुने ट्याक्सी मिटरमा चलाउनु पर्नेछ । ट्याक्सीले सुरुको १५ किलोमिटरको यात्रासम्म ८० रुपैयाँ भाडा लिन पाउने छन । त्यसपछि थप २ सय मिटरमा १० रुपैयाँका दरले भाडा थप हुँदै जाने प्रवक्त खड्काले जानकारी दिनुभयो ।