११ बैशाख २०८१, मंगलवार

नामकरण मधेश प्रदेशको विरोधमा आन्दोलन, सांसदको पुत्ला दहन

andolan 11

प्रदेश २ को नामकरण ‘मधेस प्रदेश’ राखेको विरोधमा आन्दोलन सुरु भएको छ । मधेस आन्दोलनकारीकै एक समूहले प्रदेश सांसदले मधेश प्रदेश राखेको भन्दै पुत्ला दहन गरेका छन् ।

जनकपुरधामको जानकी चोकमा मधेस आन्दोलनकारीको युवा समूहले ८ जिल्लालाई समेटेर बनाइएको प्रदेशको नाम ‘मधेस’ राखिएकोमा आपत्ति जनाएको हो । उनीहरुले यसअघि २२ जिल्लालाई मधेस भनिने गरेकोमा अब मधेसलाई ८ जिल्लामा सीमित गर्ने काम भएको आरोप लगाए ।

युवा नेता सुशिल कर्णको अगुवाईमा पुत्ला दहन गरिएको हो । सो क्रममा आन्दोलनकारीहरुले २२ वटा जिल्लालाई मधेस प्रदेश बनाउन विगतमा पटक पटक आन्दोलन भएपनि अहिले ८ जिल्लामा मधेस सीमित गरिएको आरोप लगाए ।

प्रदेशको नाम मिथिला–भोजपुरा प्रदेश गर्दा यहाँको पहिचान र सांस्कृतिक पहिचान समेत झल्किन्थ्यो आन्दोलनकारीको तर्क छ ।

त्यस्तै पर्साको वीरगंजमा एक समूहले मधेस प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नारावाजी गर्दै उनको पुत्ला दहन गरेका छन् ।