१५ चैत्र २०८०, बिहीबार

देशभर आंशिक बदली रही केही उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकाे सम्भावना

weather aajko mausam

हाल देशमा कुनै वायुको प्रभाव नरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार साेमवार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातकाे सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।