१२ बैशाख २०८१, बुधबार

भाैतिक उपस्थितिमा हुने सबै प्रकारका आमसभा, जुलुस तथा भेला गर्न राेक

CKC KTM GYANDRABKARKI NIRDEAN 1024x684 1

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सबै प्रकारका आमसभा, भेला र जुलुस रोक्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएकाे जानकारी अनुसार माघ मसान्तसम्म धेरै मान्छे भेला हुने कार्यक्रम गर्नमा पूर्ण रोक लगाइएको हाे ।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उहाँले भन्नुभयाे, ‘सबै प्रकारका आमसभा, जुलुस भेला माघ मसान्तसम्म सञ्चालन नगर्ने, गोष्ठी बैठक भर्चुअल माध्यमबाट गर्ने, भौतिक उपस्थितिमा स्वास्थ्य परीक्षण गरेर २५ जना कम गर्ने, माघ सात गतेबाट खोप अनिवार्य गर्ने निर्णय गरेको छौँ।’

उहाँले फिल्म हल, डान्सबार दोहोरीलगायत मान्छेको धेरै जम्मा हुने स्थानमा माघ १५ गतेसम्म बन्द गर्ने बताउनुभयाे। विद्यालय पनि सोही मितिसम्म भौतिक उपस्थितिमा बन्द गर्ने निर्णय भएकाे उहाँले जानकारी दिनुभयाे ।