७ बैशाख २०८१, शुक्रबार

खुल्ला सिमानाको कारण प्रदेश १ मा संक्रमण दर उच्च, मोरङ र सुनसरी रेड जोनमा

province 1 map

भारतसँग खुल्ला सिमाना भएकोले केही दिन यता प्रदेश १ मा कोरोना संक्रमण दरमा वृद्धि भएको छ ।

प्रदेश १ का मोरङ र सुनसरी जिल्लामा संक्रमण दर उच्च भएकोले सो जिल्ला रेड जोनमा परेको हो ।

प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार गत पुस २५ गते यतामात्र मोरङमा सबैभन्दा बढी ७३० जना संक्रमित थपिएका हुन् ।

त्यस्तै हाल मोरङ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ भने झापामा २ सय भन्दा बढी छन् भने सुनसरीमा कुल संक्रमित संख्या ५२७ जना पुगेको छ ।

त्यसमा पनि प्रदेशको राजधानी विराटनगरमा मात्र यो एक सातामा ५९३ जना सक्रिय संक्रमित थपिएका छन् ।