७ बैशाख २०८१, शुक्रबार

सुर्खेतमा निस्सासिएर एकाघरका चारजनाको निधन

271896208 4559666654128669 4230774041344897979 n

सुर्खेतमा निस्सासिएर एकाघरका चारजनाको निधन भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चारजनाको निधनभएको हो ।

निधन हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट रहेको प्रहरीले जनाएको छ ।

उनीहरु आइतबार घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

आइतबार बेलुका सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको निधन भएको हुन सक्ने आशङ्का गरिएको छ ।

प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन ।