१४ बैशाख २०८१, शुक्रबार

काजाखस्तानमा सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या २ सय २५ पुग्यो

Kazakhstan

काजाखस्तानमा सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या २ सय २५ पुगेको छ ।

ज्यान जानेमा १९ जना सुरक्षाकर्मीसमेत रहेका छन् । २६ सय बढी घाइतेमध्ये ६७ जनाको अवस्था गंभीर रहेको बताइएको छ ।

आन्दोलनको केन्द्रविन्दु बनेको अल्माटी शहरमा सबैभन्दा धेरै प्रदर्शनकारीको ज्यान गएको हो । गत हप्ता यताको प्रदर्शनमा कम्तीमा ६ हजार बढी जना पक्राउ परेका छन् ।

इन्धन मूल्य वृद्धिको विरोधमा शुरु भएको प्रर्दशन हिंसात्मक बन्दै जांदा काजखस्तानमा संकटकाल लागु गरिएको छ ।

काजाक राष्ट्रपतिको आग्रहमा काजाकास्तान पुगेका रुसी सेना स्वदेश फर्किएको बताइएको छ ।