६ बैशाख २०८१, बिहीबार

संकटाको पहिलो हार, आर्मी तेस्रो स्थानमा उक्लियो ए डिभिजन लीगमा

TAFC Fp67OCGz6w

थ्री स्टारविरुद्ध अन्तिम मिनेट सम्हालिन नसक्दा संकटाले जारी सहिद स्मारक ए डिभिजन लीगमा पहिलो हार भोगको छ । योसँगै संकटाको अपराजित यात्रामा पूर्णविराम पनि लागेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले इन्जुरी समयमा गोल निकाल्दै संकटाको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएको हो । थ्री स्टारलाई महत्वपूर्ण जित दिलाउन विजय भुजेलले गरेको गोल निर्णायक बन्यो । खेलको ९० औं मिनेट दुबै टोलीले स्कोरका लागि निकै संघर्ष गरे पनि गोल गर्न असफल भएका थिए ।

योसँगै थ्री स्टार चौथो स्थानमा उक्लिएको छ भने सकंटा पाँचौं स्थानमा झरेको छ । थ्री स्टारले ९ खेलबाट १६ अंक जोड्दा संकटाको १४ अंक भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नै भएको खेलमा आर्मीले फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्दा सकंटा र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन ।

आज भएको दिनको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले अन्तरले पराजित गरेको हो । जितसँगै आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । निकै रोमाञ्चक बनेको खेलमा आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक÷एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

अघिल्ला खेलमा सन्तोष जनक नतिजा निकाल्न असफल आर्मीका लागि दशौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । पेनाल्टी एरियाको बाँयातर्फबाट जगजितले क्रस गरेको बल पोस्टमा लाग्दै गोलमा परिणात भएको थियो ।

४५ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । जर्ज प्रिन्सको हेडर पासमा अनमार्क रहेका दिनेशले सहजै गोल गरे । दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सले एक गोल फर्कायो । आर्मीका डिफेन्डरको गल्तीमा एन्थोनीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । खेलको ७१ औं मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए ।

यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ । फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा यथावत छ । रेलिगेशनबाट बच्न संघर्ष गरिहेको छ ।