७ बैशाख २०८१, शुक्रबार

(पूर्णपाठ) एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्रमा के छ ?

271970317 461514995345973 4344124171322166014 n

प्रमुख प्रतिपक्ष दल एमालेले कोभिड नियन्त्रणका विषयमा गम्भीर हुन भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।

आज नेकपा एमालेका नेता सुभास नेम्वाङको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै बढ्दो सक्रमणलाई रोक्न तत्काल ठोक कदम चाल्न सरकारसँग आग्रह गरेको हो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताउनुभयो । उहाँले सबै मिलेर मात्र कोरोनाको तेस्रो लहरलाई परास्त गर्न सकिने भन्दै कोरोना नियन्त्रण र रोकथामका लागि तेरो,मेरो पार्टी नभनी सबै एक हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले सबैको सहकार्य र एकताबाट मात्र कोरोना नियन्त्रण र रोकथाम गर्न सकिने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन एमाले उपाध्यक्ष एवम संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङ, एमाले नेताहरु योगेश भट्टराई ,खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राई, सरिता न्यौपाने लगायतको प्रतिनिधि मण्डल प्रधानमन्त्री निवास वालुवाटार पुग्नुभएको थियो ।

271864829 461515082012631 4018638775208228144 n
271954750 461515138679292 5371785611356715369 n
271999323 461515018679304 1617761076721493509 n
271940239 461515065345966 466694620971826611 n