८ बैशाख २०८१, शनिबार

यी हुन् नेपालका लागि सबैभन्दा ठूला पाँच खतरा

risk report

वर्ल्ड इकोनमिक फोरम (डब्लूईएफ) ले नेपालमा सबैभन्दा ठूलो खतरा रोजगारी र जिविकोपार्जनमा संकट रहेको जनाएको छ ।

डब्लूईएफले ग्लोबल रिस्क रिपोर्ट २०२२ जारी गर्दै नेपालमा सबैभन्दा ठूलो खतरा रोजगारी र जिविकोपार्जनमा संकट रहेको उल्लेख गरेको हो ।

डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बेरोजगारीको समस्या बढ्दै गएको छ । त्यसपछि दोस्रो ठूलो खतराको रुपमा मानवका कारण पर्यावरणमा क्षति रहेको छ । प्राकृतिक स्रोतको बढ्दो दोहनका कारण नेपालमा पर्यावरणमा क्षति बढ्दै गएको हो ।

तेस्रो ठूलो खतरामा भूराजनीतिकीकरण रणनीतिक स्रोतलाई लिइएको छ भने चौथोमा संक्रामक रोगको संक्रमण खतरा रहेको छ । नेपालमा कोभिड–१९ मात्र होइन विभिन्न खाले संक्रामक रोगको प्रकोप बेलाबेला फैलने गरेको छ ।

पाँचौ नम्बरमा डिजिटल असमानता र लामो समयसम्म स्थिर अर्थतन्त्रलाई राखिएको छ । प्रविधिको क्रान्तिसँगै डिजिटल प्रयोग बढे पनि गाउँघर तथा विपन्न नागरिक डिजिटल सेवाबाट टाढै छन् ।

जसकारण डिजिटल सेवाका कारण धनि र गरिबबीचको खाडल झन बढ्ने आँकलन गरिएको हो । नेपालमा आर्थिक विकासले गति नसमात्दा स्थिर छ । कुल जनसंख्याको झन्डै आधा जनशक्ति श्रमशक्ति रहे पनि विकासले फडको मार्न नसक्दा समस्या बढेको हो ।

डब्लूईएफले हरेक वर्ष ग्लोबल रिस्क रिपोर्ट जारी गर्छ । जसमा विश्वसामु सबैभन्दा ठूला खतरा पहिचान गरिएको हुन्छ । त्यसलाई पाँच श्रेणीमा विभाजन गरिन्छ । जसमा पर्यावरण, सामाजिक, आर्थिक संकट, जियो(पोलिटिक्स र अन्य विषय समावेश गरिएको हुन्छ ।

यो वर्ष ग्लोबल रिस्क रिपोर्ट २०२२ मा १२४ देशका १२ हजारभन्दा बढी दिग्गजका धारणा पनि समावेश गरिएको छ। त्यसबाहेक सर्वे पनि गरिएको छ ।

    सम्बन्धित समाचार...