१६ चैत्र २०८०, शुक्रबार

रोयल हाइनेश सुविधा गुमाए बेलायतका राजकुमार एन्ड्रिउले

andrew with virginia giuffre

बेलायतका राजकुमार एन्ड्रिउले शाही सुविधा गुमाएका छन् । यौनकाण्डमा मुछिएपछि उनले सैनिक भूमिका र राजकुमारका रुपमा पाउने संरक्षण र सुविधा समेत गुमाएका हुन् ।

अब उनलाई रोयल हाइनेश भनिनेछैन । उनले सन् २०१९ मा सार्वजनिक जिम्मेवारी गुमाइसकेका थिए । उनले सर्वसाधारण जसरी आफूमाथिको अभियोगको सामना गर्नुपर्नेछ ।

एन्ड्रिउमाथि कम उमेरकी महिलासँग यौन सम्पर्क गरेको अभियोग छ । यौनकाण्डमा मुछिएर पक्राउ परेका अमेरिकी नागरिक जेफरी इपिस्टिनसँग उनको सम्बन्ध खुलेको थियो । इपिस्टिनले जेलभित्र आत्महत्या गरिसकेका छन् ।

६१ वर्षीय एन्ड्रिउ बेलायतकी महारानी एलिजावेथका दोस्रो सन्तान हुन् । उनी विगतमा यौनकाण्डमा संलग्न भएको खुलेको थियो ।

एन्ड्रिउमाथि कम उमेरमा यौन सम्बन्धको आरोप लगाउने भर्जिनिया जिउप्रे अहिले ३८ वर्षकी भइन् । उनी १७ वर्ष हुँदा एन्ड्रिउले यौन दुव्र्यवहार गरेको विषय उठेको थियो ।