६ बैशाख २०८१, बिहीबार

भारतको जलपाइगुडीमा भएको रेल दुर्घटनामा निधन हुनेको संख्या सात पुग्यो

rail accident

भारतको जलपाइगुडीमा भएको रेल दुर्घटनामा निधन हुनेको संख्या ७ पुगेको छ ।

पश्चिम बंगालको जलपाइगुडीमा बिकानेर एक्सप्रेस दुर्घटना हुँदा ७ जनाको निधन भएको छ । त्यस्तै दुर्घटनामा ४५ जना घाइते भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

राजस्थानको बीकानेरदेखि गुवाहाटी जाँदै गरेको रेल दुर्घटना भएको हो। दुर्घटनामा रेलका १२ वटा डब्बा लिकबाट उछिट्टिएर पल्टिएका थिए ।

राहत र उद्धार जारी रहेकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने बताइएको छ । रेल मन्त्री अश्विनी वैष्णवले मृतकका परिवारलाई जनही पाँच लाख र घाइतेका परिवारलाई जनही एक दिने घोषणा गरेका छन् ।