७ बैशाख २०८१, शुक्रबार

खोप लगाएकालाई किन लाग्छ कोरोना ? ‘बुस्टर डोज’ले रोग प्रतिरोधी क्षमतामा असर पर्नसक्ने

delta varient corona

नेपालमा पछिल्लो केहिदिनयता कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । संक्रमितको संख्या बढेसँगै सरकारले पनि नेपालमा स्वास्थ्य सुरक्षाका लागि कडाई सुरु गरेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले विभिन्न भिडभाड हुने स्थानहरुमा २५ जना भन्दा बढी भेला नहुन र सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको हो ।

सोही सिफारिसअनुसार सबैजसो सरकारी निकायहरूले यही माघ पहिलो सातादेखि खोप कार्डबिना प्रवेश निषेध गर्ने व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था गरेका छन् ।

‘बुस्टर डोज’ले रोग प्रतिरोधी क्षमतामा असर पर्नसक्ने

ब्रसेल्स कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने अनुसन्धानले देखाएको छ ।

युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले धेरै ‘बुस्टर डोज’ दिँदा रोग प्रतिरोधी क्षमतामा असर पर्नसक्ने चेतावनी दिएको हो ।‘हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ’, युरोपेली मेडिकल नियामक निकायले भनेको ।

उक्त संस्थाले लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सम्बन्धित मूलुकहरूलाई अनुरोध गरेको छ । ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशहरूले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेका छन् । बेलायतले पनि कोभिडबाट नागरिकको रक्षार्थ दोसो बुस्टर डोज दिने तयारी गरेको छ ।

अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ । युरोपपछि अहिले अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीव्र बढेको छ । सङ्क्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् ।

खोप लगाएलाई किन लाग्छ कोरोनाभाइरस ?

विश्वमा कोभिड-१९ महामारीको नयाँ लहर देखा परिरहेको छ । संयुक्त राज्य अमेरिका, फ्रान्स, संयुक्त अधिराज्य, अर्जेन्टिना, ब्राजिल र कैयौँ अरू देशहरूले डेल्टा र ओम्रिकोन भेरिअन्टहरूको मिश्रणका कारण कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू बेहोरिरहेका छन् ।

तर वैज्ञानिकहरू, चिकित्सकहरू र स्वास्थ्य सेवा दिने संस्थाहरू अझै पनि कोरोनाभाइरसबाट सुरक्षा प्राप्त गर्नका लागि परीक्षण र अनुमोदित भइसकेका खोपहरूमै निर्भर रहेका छन् ।

बीबीसीका एक रिपोर्टका अनुसार अमेरिका, फ्रान्स र संयुक्त अधिराज्य जस्ता देशमा देखिएको दैनिक सङ्क्रमण सङ्ख्याले सामाजिक सञ्जालमा खोपको प्रभावकारिताबारे प्रश्नहरू जन्माएको छ ।

कतिपय प्रयोगकर्ताहरूले खोप लगाउन प्रोत्साहन गर्न चालिएका कदमहरूको आलोचना गरिरहेका छन् अरू कतिपयले खोपका सम्भावित असरहरूलाई लिएर असन्तुष्टि जनाएका छन् ।

बीबीसीका अनुसार हालसम्मको अनुभवबाट खोपका कारणले देखिने साइड इफेक्टहरू स्वतः केही दिनमा नै हराएर जान्छन् भन्ने देखिएको छ । अहिलेसम्म आएका गुनासामा खोप लगाएको ठाउँ दुख्ने र रातो हुने, ज्वरो आउने र टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, चिसो लाग्ने र वाकवाक आउने हुन् ।

गम्भीर खालका घटनाहरू जस्तै एलर्जीका कारण उत्पन्न हुने एनाफलाकसिस, रगत जम्दा उत्पन्न हुने समस्या थ्रोमबोसिस, मुटु सम्बन्धी समस्या पेरीकारडाइटिस र मायोकारडाइटिसलाई दुर्लभ मानिएको चिकित्सकहरू बताउँछन् । खोपको लाभ हाल देखिएका जोखिम भन्दा कम रहेको उनीहरूको भनाइ छ ।

अहिलेका खोपको प्रभावकारिता खोप लगाएका व्यक्तिहरूलाई सङ्क्रमण हुने र उनीहरूबाट कोरोनाभाइरस सर्नसक्ने तथ्यबारे एक जना बाल स्वास्थ्य र सङ्क्रामक रोग विशेषज्ञ रिनाटो केफोरीले बीबीसीसँगको कुराकानीमा भनेका छन् ।

उनले फाइजर, आस्ट्राजेनेका र जेनसेन सहितका कम्पनीले पहिलो चरणमा ल्याएका खोपहरूको उद्देश्य सङ्क्रमणको गम्भीर असरलाई नियन्त्रण गर्नु र अस्पतालमा भर्ना हुने र ज्यान गुमाउनेको सङ्ख्या कम गर्नु भएको उल्लेख गरेका छन् ।

उनका अनुसार खोप लगाउनुको मुख्य उद्देश्य सङ्क्रमण नै रोक्नु भन्दा कोरोनाभाइरसको आक्रमण शरीरका लागि कम घातक बनाउनु हो ।