१५ चैत्र २०८०, बिहीबार

वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन : एमाले

Bishal Bhattarai
फाइल फोटो

नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन रुपमा व्यतित भएको टिप्पणी गर्नुभएको छ ।

विहीवार काठमाडौंमा आयोजित एक विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनाको अवधिमा उपलब्धिमूलक काम नगरेको बताउनु भएको हो । उहाँले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको पनि स्पष्ट पार्नुभयो ।

वर्तमान सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी भएको उहाँको आरोप थियो । भट्टराईले आफ्नो पार्टी संसदीय व्यवस्था र अहिलेको राजनीतिक व्यवस्थाको लागि सदैव दृढ भएर उभिने धारणा समेत राख्नुभयो ।

साक्षात्कारमा कांग्रेसका केन्द्रीय रामहरि खतिवडाले भने प्रधानमन्त्री देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गर्नुभयो । सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको उहाँको भनाइ थियो ।

त्यस्तै सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचाउनको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो ।