१६ चैत्र २०८०, शुक्रबार

नागा चैतन्य डिभोर्सपछि पहिलो पटक बोले: ‘सामन्थासँगको सम्बन्धविच्छेदमा म लाई पश्चाताप छैन’

naga samantha

दक्षिण भारतीय फिल्म सुपरस्टार नागा चैतन्य र उनकी अभिनेत्री पत्नी सामन्था रुथ प्रभुले गतवर्ष सम्बन्धविच्छेद गरे ।

चैतन्यले आफ्नी पूर्व श्रीमती सामन्था रुथ प्रभुसँग भएको सम्बन्ध विच्छेदपछि पहिलो पटक सार्वजनिक रुपमा बोलेका छन्। यो जोडीलाई आदर्श मान्ने उनका फ्यानहरु उनीहरु को निर्णयले दुःखी बने । उनीहरु के कारणले अलग्गिए भन्ने कुरा अहिले पनि खुल्न सकेको छैन ।

नागाले हालैमात्र मिडियासँग आफूहरुको सम्बन्धविच्छेदका बारेमा बोलेका छन् । उनले सामान्थासँग अलग्गिएर आफू खुशी भएको प्रतिक्रिया दिएका छन् ।

आफ्नो आगामी फिल्म ‘बंगाराजू’को प्रोमोसनका क्रममा उनले भारतीय सञ्चारमाध्यमसँग बोल्दै सामन्थासँगको सम्बन्ध विच्छेद दुवैको लागि राम्रो निर्णय भएको बताएका छन्।

‘कुनै जोडी अलग्गिनु ठूलो कुरा होइन । हामी दुवैले मिलेर यो निर्णय लिएका हौं । यदि उनी यो फैसलामा खुशी छिन् भने म पनि खुशी छु । हामीले जुन अवस्थामा अलग्गिने निर्णय लियौं, त्यो सही थियो । त्यो समयमा त्यहीमात्र अन्तिम विकल्प थियो’, उनले भनेका छन् । सामान्थासँग अलग्गिएर नागा उदास भएको हुनसक्ने आँकलन भइरहँदा उनको यो भनाई आएपछि सबै चकित परेका छन् ।

सामान्था र नागाले चार वर्षअघिको वैवाहिक सम्बन्धलाई गतवर्षको अक्टोबर २ मा टुंग्याएका थिए ।

सामन्थाले डिभोर्स लगत्तै सामाजिक सञ्जाललगायतका माध्यमबाट यस विषयमा आफ्नो धारणा राखेता पनि नागा भने चुपचाप बसेका थिए। अन्ततः डिभोर्सको तीन महिनापछि उनी सार्वजनिक रुपमा आफ्नो सम्बन्धलाई लिएर बोलेक छन्।

नागा अहिले आफ्नो आगामी फिल्म ‘बंगाराजु’को प्रमोसनलाई लिएर व्यस्त छन्। फिल्ममा उनीसँगै उनका बुबा नागार्जुन अक्किनैनी, राम्या कृष्णन र कृति शेट्टीको अभिनय रहेको छ। फिल्म्लाई कल्याण कृष्ण कुरासलाले निर्देशन गरेका छन्।