६ बैशाख २०८१, बिहीबार

रुबिभ्याली-१ तिप्लिङमा पहिरो, डोजरसहित ३ जना बेपत्ता

Edited 20210619 151244 scaled 1 1024x653 1

उत्तरी धादिङको रुबिभ्याली-१, पुरुमा पहिरोले डोजरसहित ३ जना पुरिएका छन् ।

सडक खन्दै गरेको बेला माथिबाट खसेको पहिरोले डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ पुरिएका हुन् । अहिले पनि पहिरो खस्ने क्रम नरोकिएकोले उद्धार गर्न कठिन भएको स्थानीय शिक्षक टेक घलेले जानकारी दिनुभयो ।

रुबिभ्याली-१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्र्याक खोल्ने क्रममा पहिरो खसेको हो ।

घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।