८ बैशाख २०८१, शनिबार

तत्काल लकडाउन गर्ने पक्षमा सरकार छैन : स्वास्थ्यमन्त्री खतिवडा

Birodh
फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताउनुभएको छ ।

बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनुभएको हो । यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै उहाँले अब लकडाउन नै समाधान हो भन्ने पक्षमा सरकार नरहेको प्रष्ट पार्नुभयो ।

मन्त्री खतिवडाले यसअघि नै सरकारले स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउनको अवस्था नआउने बताउनुभयो ।

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्‍न होसियार रहन र सबैखाले स्वास्थ्य निर्देशिका पालना गर्न आग्रह गर्नुभयो । उहाँले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि सबैलाई आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले विज्ञहरुको सल्लाहमा आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिनुभयो ।