७ बैशाख २०८१, शुक्रबार

सरकार प्रतिबद्ध नागरिकको जीवन रक्षाका लागि : मन्त्री कार्की

61c321301269c Gynendra k
फाइल फोटो

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ  । 

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता कार्कीले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरू परिचालन गरिसकेको बताउनुभयो ।

प्रवक्ता कार्कीले खोप अभियानलाई तीव्र गतिमा अगाडी बढाइएको बताउनुहुँदै स्वास्थ्यका मापदण्ड अपनाउन सबैमा आग्रह गर्नुभयो । 

प्रवक्ता कार्की कनट्र्याक्ट ट्रेसिङमा परेपछि होम आइसोलेसनमा हुनुहुन्छ ।