६ बैशाख २०८१, बिहीबार

‘चाहिँदैन तिम्रो माया’ सार्वजनिक

271609112 10222256835434569 1737409264165970105 n

‘चाहिँदैन तिम्रो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ‘नमस्ते प्लस’ को युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । कार्की जे आईको शब्द तथा संगीतसँगै गीतमा प्रमोद खरेलको आवाज रहेको छ ।

भिडियो गम्भिर विष्टले निर्देशन गरेका हुन । श्री क्रिष्ण निरौलाको निर्माणमा भिडियो तयार पारिएको हो ।

भिडियोमा केकी अधिकारी, समिप निरौला र शिशिर सिवाकोटीको अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।