१३ बैशाख २०८१, बिहीबार

सरकारी निवास बालुवाटारमा फैलियो कोरोना

PM Resident Baluwatar

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । प्रधानमन्त्रीको कार्यलयको भान्से तथा प्रधानमन्त्रीको दैनिक सुरक्षामा खटिएको सुक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

सोमबार बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पिसिआर परिक्षण गर्दा उनीहरुमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । तर, प्रधानमन्त्री शेरबहादुर देउवालाई भने कोरोना संक्रमण देखिएको छैन ।

दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि पीसीआर गर्न लागेका छन् ।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीले बिहीबार फेरि पीसीआर गराउने भएको हो । हाल क्वारेन्टिनमा रहेका देउवा बिहीबारको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको खण्डमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिनेछन् । अहिले देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा सरकारी औपचारिक सबै कार्यक्रम रद्द गरेका छन् ।