११ बैशाख २०८१, मंगलवार

अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने

bipin karki
फाइल फोटो

लोकप्रिय अभिनेता विपिन कार्कीको अभिनय बलिउड फिल्ममा पनि रहने भएको छ । फिल्म ‘एनिमल’ मा मुख्य भूमिकाका लागि उनी छनौटमा परेका हुन् । फिल्म अभिनय विषयमा आफ्नो कुरा पक्की भएको अभिनेता विपिनले बताए ।

उनले भने ‘निर्देशक टिमबाट मलाई फिल्म अभिनयको लागि फोन आएको थियो । फिल्म अभिनय पक्कापक्की भएको छ। फिल्म अगस्टमा हुने सुटिङमा सहभागी हुने बताएका छन् ।

काम गर्ने कुरो फाइनल भयो ।’ सेल्फी किङ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको उनले सुनाए । अहिले औपचारिक सम्झौता भने भएको छैन । तर निर्माण युनिटले टिमले ढुक्क हुन भनेको छ’ विपिनले थपे ।

निर्माण युनिटले फिल्मको फष्टलुक समेत सार्वजनिक गरेको छ । विपिनको यो पहिलो बलिउड फिल्म हो । थुप्रै नेपाली फिल्म अभिनय गरेका विपिनले केही अगाडि ‘रेड सुटकेस’ फिल्म अभिनय सकाएका छन् ।

तर विपिनले फिल्मसँग औपचारिक सम्झौता नभएको तर निर्माण टिमले ढुक्क हुन भनेको पनि जानकारी गराएका छन् । रनवीर सँग फिल्म खेल्ने विपिन दोस्रो कलाकार हुन् ।

‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’को निर्देशन गरेका सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको यो फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाले अभिनय गरिरहेका छन् ।