८ बैशाख २०८१, शनिबार

कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी ‘फेक’ समाचारले विद्यार्थीलाई तनाव

fake news higher education nepal

कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी सामाजिक सञ्जालमा आएको एउटा ‘फेक’ सूचनाले भ्रम फैलाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको नामबाट सामाजिक सञ्जालमा आएको एउटा ‘फेक’ सूचनाले विद्यार्थीहरुमा भ्रम सिर्जना गराएको छ । सो सूचनामा कक्षा १०  को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को परीक्षा निर्धारित मितिमै हुने उल्लेख गरिएको छ । 

अप्रिल फूललाई झूट बोल्ने दिनका रुपमा लिईन्छ । कतिले यो दिन झूट बोलेर मजाक गरेको पनि पाइन्छ । भलै कोरोनाको त्रासका कारण यो वर्ष अप्रिल फूलमा खरिने मजाकको खासै चर्चा भएन । तर यही दिन एक गम्भीर विषयमा भ्रम फैलाइएको छ ।

भ्रम कसले फैलायो भन्नेबारे नखुलेपनि सो भ्रामक सूचनामा कक्षा १० को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को परीक्षा निर्धारित मितिमै हुने उल्लेख गरिएको छ ।
तर राष्ट्रिय परीक्षा बोर्डले यसबारे कुनैपनि निर्णय नभएको भन्दै भ्रममा नपर्न आमविद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ ।

तर राष्ट्रिय परीक्षा बोर्डले यसबारे कुनैपनि निर्णय नभएको भन्दै भ्रममा नपर्न आमविद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ । 

बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बोर्डको बैठक नै बस्न नसकेको भन्दै परीक्षाबारे कुनै निर्णय नभएकाले भ्रममा नपर्न अनुरोध गरे ।

पौडेल आफू पनि फेक सूचनाबारे जानकारी पाएको भन्दै उनले अफबाह फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी दिनका लागि सदस्यसचिव दुर्गाप्रसाद अर्याललाई निर्देशन दिइसकेको बताए । 

‘चैत १२ गते बोर्ड बैठक बसेको भनेर भ्रम फैलाइएको रहेछ । तर अहिले बोर्ड बैठक बस्नै सकेको छैन’, उनले भने, ‘सदस्य सचिवकै नाम राखेर फेक सूचना आएको मैले थाहा पाएपछि, अफबाह फैलाउनेलाई कानुनी कारबाहीमा ल्याउनका लागि प्रहरीमा अनुरोध गर्न सदस्यसचिव दुर्गाप्रसाद अर्याललाई भनिसकेको छु ।’

उनले लकडाउन र कोरोनाको त्रास कति समय लम्बेला भन्नेमै अन्योलता रहेको अवस्थामा अहिले नै परीक्षा तालिकाबारे निर्णय लिन नसकिने बताए । 

उनका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेदेखि र कक्षा ११ को परीक्षा बैशाख २१ देखि तय भएको छ । तर कोरोनाको कारण त्यो समयमा  परीक्षा हुने-नहुनेमै अन्योल रहेको भन्दै अवस्था सहज भएपछि बोर्ड बैठक बसेर आवश्यक निर्णय लिइने उनले बताए । 

यस अघि विभिन्न सञ्चार माध्यमले समाचार बनाएर हालेका समेत थिए ।