१२ बैशाख २०८१, बुधबार

इन्स्टाग्राममा फोटो हालेका जति मेरा सबै ब्याइफ्रण्ड हुन र ?

Sushma Karki

नायिका सुष्मा कार्की उनको सम्बन्ध र विभिन्न ‘कन्ट्रोभर्सी’ले चर्चामा रहने गर्छिन । यस्तैमा सुष्माले हालै समाजिक सञ्जाल इन्स्टाग्राम मार्फत हालेको तस्बिका कारणले विभिन्न मिडियामा आफू ‘कन्ट्रोभर्सीको सिकार बन्नु परेको बताउँछिन् ।

उनी भन्छिन , “न त मैले यस बारेमा कसैलाई भन्दै हिडेको छु, न त मैले कसैलाई अन्तरवार्ता दिएको नै छु, कि कतै मैले मुखले हिडदै भनेको हुनु पर्यो हैन र ? फोटो हालेको रहेछ भनेर हुदैन होला नि ?

कति मेरा आफ्न्त साथी भाइहरु हुनुहुन्छ, मैले इन्स्टाग्राममा कति केटा साथीहरुसँग संगै भएको फोटो हालेको छु, के ति मेरा सबै ब्वाईफ्रेन्ड भए त ? उनको प्रश्न छ ।

उनी थप्छिन “म मिडियाबाट लामो समय टाढा रहेँ, अहिले म त साधारण मान्छे हो । मैले नै केहि भनेको भए समाचार लेख्नु ठिक हो, तर यस्त अनावश्यक कुराले पारिवारिक असर पनि त पार्छ, मैले बोलाएर भनेको भए सुष्मा यस्तो उस्तो भन्दा केही फरक पर्देन थियो होला ।”

यतिमै उनि रोकिईनन्, सुष्माले थप भनिन्, “मेरो सम्बन्ध कस्तो हो नबुझि किन लेख्ने ? अरुको बारेमा थोरै भए पनि बुझेर लख्दा राम्रो सन्देश जान्छ हैन र ?

म विरुद्धा धेरै चोटी मनगढन्त समाचार लेखी प्रहार र हुदै नभएको हेडलाइनको सिकार भइराखेको छु, तै पनि सबैलाई त्यस्तो हैन भन्दा पनि नमानेको हुनाले म कानुनी रुपमा पनि जान सक्छु” । उनले भनिन् “हुदै नभएको कुरा कृपया नलेख्देकै राम्रो हुन्छ।