१३ बैशाख २०८१, बिहीबार

राज कटुवालसँग प्रेम नै नभएको वर्षा सिवाकोटीको दाबी

barsha and raj 63

वर्षा सिवाकोटी प्रेम सम्बन्धका कारण पनि बेलाबेलामा चर्चामा आइरहने नायिका हुन् । पछिल्लो समय उनी कलाकार राज कटुवालसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् ।

नायिका वर्षा शिवाकोटी र मोडल तथा नायक राज कटुवाल केही समयदेखि ‘सम्बन्ध’मा थिए । उनीहरुले टाइमलाइनमा समेत सम्बन्धलाई खुलाएका थिए । तर, अहिले उनीहरुको ‘ब्रेकअप’ भएको चर्चा चलेको छ ।

तर, यी दुईबीचको सम्बन्धलाई लिएर अहिले टाइमलाइन गर्माएको छ । इन्स्टाग्राममा राजलाई वर्षाले अनफलो गरेको भनेर टिप्पणीहरु पनि भैरहेका थिए । यो जवाफलाई वर्षाले खासै ठूलो कुरा नभएको भनेर समेत बताएकी थिइन् ।

भलै, दुबैले खुलेर ब्रेकअप भएको बताएका छैनन् । यद्यपी, राजसँगको ब्रेकअपको अनुमानलाई बल मिल्ने गरी वर्षाले ‘कहिले नै लभ परेको थियो र’ भन्ने जवाफ दिएकी छिन् । सिवाकोटीले भने राजसँग प्रेम नै नभएको दाबी गरेकी छन् ।

एक युट्युव अन्तवार्तामा वर्षा भन्छिन्, ‘लभ त कहिले परेको थियो र ? जबसम्म मेरो बिहेको कार्ड छापिँदैन दुईजनाको नामसहित, तबसम्म केही पनि निश्चित हुँदैन ।’

बरु आफू मन मिल्ने जीवनसाथीको खोजीमा रहेको उनले बताइन् । ‘मेरो पेशालाई बुझ्ने र सम्मान गर्ने युवकको खोजीमा छु,’ उनले भनिन् ।

वर्षाले कुनै पनि विषयमा आफूसँग एक शब्द नसोधी आएका खबरहरुको पछि नलाग्न समेत आग्रह गरेकी छन् ।

वर्षाको यो टिप्पणीले उनीहरुबीच सम्बन्ध हार्दिक नभएको भन्ने अनुमानलाई भने बल मिल्छ ।