१६ चैत्र २०८०, शुक्रबार

काेभिड खोपका कारण मातृ स्वास्थ्यमा असर हुँदैन : स्वास्थ्य मन्त्रालय

health

सरकारले कोभिड १९ विरुद्धको खोपले गर्भपात हुने, कम तौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने भन्ने कुरा गलत भएको जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै कोरोनाविरुद्धको खोपका कारण बच्चा समय नपुगी जन्मन सक्ने तथा कम तौलको जन्मिने भने कुरा गलत भएको जानकारी दिएको हो ।

बच्चा समय अगावै जन्मने, खेर जाने वा कम तौलको जन्मनेलगायत अन्य विभिन्न कारण हुनसक्ने भन्दै योसँग कोरोना खोपको कुनै सम्बन्ध नभएको पनि मन्त्रालयले प्रष्ट पारेको छ ।

विभिन्न अध्ययनहरुले पनि कोरोना खोप र समय नपुगी बच्चा जन्मिनुमा कुनै सम्बन्ध नभएको देखाएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, स्तनपान गराइरहेको महिलाहरुले पनि खोप लगाउन मिल्ने यो खोपले आमा र बच्चा दुवैलाई सुरक्षा प्रदान गर्ने सरकारले जनाएको छ।

ढिला नगरी आफूलाई पायक पर्ने खोप केन्द्रमा समयमै पुगेर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।