७ बैशाख २०८१, शुक्रबार

आफुखुसी सभापतिले गरे चुनावमा हारको सामना गर्न नसकिने नेता कोइरालाको टिप्पणी

Shekhar Koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नसक्ने बताउनुभएको छ ।

सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको कुराकानीमा नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा कांग्रेसको साझा नेता बन्न नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले केन्द्रीय सदस्य मनोनयनमा विधानको व्यवस्थाको गलत प्रयोग गरिएको दाबी पनि गर्नुभयो । नेता कोइरालाले सभापति देउवाले विधि र प्रक्रिया मिच्दै गए स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा कांग्रेसले जित्न नसक्ने बताउनुभयो ।

एक फरक प्रसंगमा नेता कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै अवरुद्ध संसद सञ्चालन गर्न कांग्रेस र एमाले सहमत बन्नुपर्ने बताउनुभयो ।