१२ बैशाख २०८१, बुधबार

आत्मघाती गोलले मछिन्द्रको जित

1641638676 A2nzI

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराएको छ ।

मछिन्द्रले आत्मघाती गोल उपहार पाएको हो । खेलको ६७ औं मिनेटमा फ्रेण्ड्सका रोनेल एन्थोनी पउलले बल नियन्त्रण गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे । जितसँगै मछिन्द्रले आठ खेल २० अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ ।