८ बैशाख २०८१, शनिबार

सहकारीको ब्याज बढाउने हाेइन घटाउनुपर्छ : सहकारी मन्त्री

sasi shrestha2 768x403 1
फाइल फोटो

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको ब्याज बढाउने बारेमा आफू सहमत नभएको प्रतिक्रिया दिनुभएको छ । सहकारीहरुले ब्याज बढाउनेबारे लबिङ गरिरहँदा मन्त्री श्रेष्ठले सहकारीको मूल्य र मान्यता अनुसार बरु ब्याजदर घटाएर तल्लो तहका जनता लाभान्वित बनाउनपर्नेमा जोड दिनुभएको हो ।

बजारमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएसँगै बैंकहरूले ब्याज बढाएपछि सहकारीमा पनि सन्दर्भ ब्याजदर बढाउन दबाब बढिरहेको छ । यसका लागि सहकारी सञ्चालकहरुले व्याजदर बढाउन सहकारी विभाग र मन्त्रालयमा दबाब दिइरहेका छन् ।

अहिले सहकारीको शन्दर्भ ब्याजदर १४ दशमलव ७५ प्रतिशत रहेको छ । काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले शन्दर्भ ब्याजदर बढाएर तोक्न ढिलाई गर्न नहुने बताउनुहुन्छ ।

यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भने सहकारीले मर्म र भावनाअनुसार कोरोनाले जनता आक्रान्त बनेको अहिलेको अवस्थामा ब्याजदर बढाउने नभई घटाएर बढी भन्दा बढी तल्लो तहका नागरिकलाई लाभान्वित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीलाई परेको समस्यालाई छुट्टै ढंगले सम्बोधन गर्न भिजन पेपर तयार गरेको र चाँडै सार्वजनिक गर्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा सरोकारवालाहरुले सहकारीको परिमाणमा भन्दा गुणस्तरमा ध्यान दिनपर्नेमा जोड दिएका छन् । पछिल्लो समय सहकारी सहकारीको सिद्दान्त अनुसार नचलेको र वित्तीय सुशासन अभावमा बचतकर्ताको बिश्वास गुम्दै भएको छ।

सहकारी पत्रकार समाज (सिजेएन)को शुक्रवार भएको ११औं वार्षिक साधारणसभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।