४ बैशाख २०८१, मंगलवार

फिल्म ‘परस्त्री’ मार्फत सुरज पाण्डेको निर्देशनमा डेब्यु, मुख्य भूमिकामा कोशिश

parastri

निर्माता शर्मिला पाण्डेले आफ्नो छोरालाई निर्देशक बनाउने भएकी छन् ।

आमा, चिसो मान्छे, घर, चङ्गाचेट, लकडाउन फिल्ममा निर्माता रहेकी पाण्डेले अब छोरासँग मिलेर नयाँ फिल्म ‘परस्त्री’ निर्माण गर्न लागेकी हुन् ।

निर्देशक दिपेन्द्र के खनालसँग लामो समय देखि सहकार्य गर्दै आएकी निर्मात्री हुन् शर्मिला पाण्डे । खनाल र पाण्डेले सहकार्य गरेको पहिलो फिल्म भने ‘लभ लभ लभ’ हो । यसपछि, उनीहरुले एकसाथ फिल्ममा सहकार्य गर्दै आएका छन् ।

शर्मिलाले अहिले भने छोरा सुरज पाण्डेसँग मिलेर फिल्म ‘परस्त्री’ शुक्रबार घोषणा गरेकी हुन् ।

छोरा सुरज पाण्डे उनले निर्माण गरेको फिल्म ‘लभ लभ लभ’का नव-नायक हुन् जस्मा उनलाई नायिका स्वस्तिमा खड्काले साथ दिएकी थिइन् ।

aa

पत्रकार सम्मेलनमा सुरजको डेब्यु निर्देशन रहेको फिल्मको नाम र लिड नायकको घोषणा गरिएको हो । यो फिल्ममा अभिनेता कोशिश क्षेत्रीको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने अडिसनबाट छनोट गरिने निर्माणपक्षले बताएको छ ।

सुरज पाण्डे अब अभिनय भन्दा निर्देशन गरेर चम्किने दाउमा रहेका छन् । डि. एस डिजिटलको प्रस्तुति रहेको फिल्म डार्क थ्रिलर कथामा यो फिल्मर निर्माण हुने सुरजले बताए । फिल्मका लागि एक पुरुष र दुई महिला कलाकारको आह्वान समेत गरिएको छ । मुख्य कलाकार अडिसनबाट छनोट हुनेछन् ।

निर्मात्री पाण्डेले छोरा सुरजले निर्देशनमा डेब्यु गर्न लागेकोमा खुशी व्यक्त गरिन् । उनले फिल्म बनाउनु आफ्नो पहिले रहर र अहिले कर्म भएको बताइन् ।