१२ बैशाख २०८१, बुधबार

कपनमा लिभिङ टुगेदरमा रहेका खोटाङका युवायुवती मृत फेला, हत्याको आशंका

darchula dealt
फाइल फोटो

काठमाडौंमा दुई युवायुवती मृत फेला परेका छन् ।

बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका–२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक दुबैको शरीरमा चोट देखिएको छ । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई–तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ ।