१४ बैशाख २०८१, शुक्रबार

बैंक र टेलिकम सेवामा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य

national ID front part

अब बैंक र टेलिकम सेवाहरूमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने भएको छ । 

हाल विद्युतीय पासपोर्टमा मात्र अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र नम्बर बैंक र टेलिकम सेवाहरूमा पनि अनिवार्य गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक सुवास ढकालले जानकारी दिनुभयो । 

राष्ट्रिय परिचयपत्र समावेश गर्ने विषयमा सम्बन्धित निकायहरूसँग चरणवद्द छलफल भैसकेको उहाँले बताउनुभयो । 

राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएसँगै मोबाइल तथा दूरसञ्चार सेवा लिन र बैंक खाता खोल्न समेत राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्नेछ ।