१ जेष्ठ २०८१, मंगलवार

विवादित बतास समूहमा प्रधानमन्त्री देउवा पत्नी आरजुको संलग्नता

Arzu Rana Deuba
फाइल फोटो

नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेस्टुरेन्ट निर्माण गरिरहेको छ ।

पूर्ववर्ती सरकारले बतास समूहलाई दरबारभित्र चारतारे रेस्टुरेन्ट निर्माण र सञ्चालनको अनुमति दिएको थियो । तर उक्त निर्णय कार्यान्वयनमा रोक लगाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेको प्रशंसा गर्नुभएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले ‘राम्रो निर्णय गरेको’ भन्दै आलेलाई धन्यवाद दिनुभएको थियो ।

यो पनि

प्रकरण नारायणहिटी सङ्ग्रहालय : लमजुङ कक्ष जोगियो, बगैँचा मासियो

यसअघि पनि विभिन्न लोकप्रिय निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकमै पर्यटनमन्त्री आलेको प्रशंसा गर्नुभएको स्रोतले बताएको छ ।

तर विवादित बतास समूहमा प्रधानमन्त्री देउवा पत्नी डा आरजु राणाको समेत संलग्नता रहेको खुलेको छ । उहाँ लामो समयदेखि बतास अर्गनाइजेसन अन्तर्गत बतास फाउण्डेसनकी सल्लाहकार रहनुभएको थियो ।

तर, बतास समूह विवादमा परेपछि अहिले भने आरजुको नाम र फोटो हटाइएको छ ।