१५ चैत्र २०८०, बिहीबार

अष्ट्रेलियाद्वारा शीर्ष वरियताका टेनिस खेलाडी जोकोभिचको भिसा रद्द

Novak Djokovic
फाइल फोटो

अष्ट्रेलियाले शीर्ष वरियताका टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरेको छ ।

अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन मेलबर्न पुगेका जोकोभिचको अष्ट्रेलिया सरकारले भिसा नाटकीय रूपमा खारेज गरेको हो । एयरपोर्टमा उनलाई आठ घण्टासम्म राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ।

उनलाई त्यहाँको सीमा सुरक्षा अधिकारीले प्रवेश नियमहरू पूरा नगरेका र आवश्यक प्रमाण पेश नगरेकाले तत्काल देश छाड्न आदेश दिएका छन् ।

मेलबर्नका अधिकारीले जोकोभिचको टोलीले भिसाको लागि आवेदन नगरेको पाइएको बताए । भिसाको लागि आवेदन दिएमा खोप नलगाएकालाई मेडिकल छुटको अनुमति दिने अष्ट्रेलिया सरकारको प्रावधान छ।

अष्ट्रेलियन ओपन खेल्नका लागि खोप नियमबाट छुट पाएको एक दिनपछि अष्ट्रेलिया पूर्ववत निर्णयबाट पछि हटेको हो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोही पनि नियमभन्दा माथि नभएको र जोकोभिचले सो निर्णयलाई चुनौती दिएको बताएका छन् ।

जोकोभिचले आफूले कोरोनाविरुद्धको खोप लगाएको वा नलगाएकोबारे केही पनि बताएका छैनन् । गत वर्ष उनले खोपको विरोध गरेका थिए । ९ पटकका अष्ट्रेलियन ओपन च्याम्पियन उनी साविक विजेता समेत हुन् ।