१५ बैशाख २०८१, शनिबार

प्रभास मुख्य भूमिका रहेको फिल्म ‘राधे श्याम’ पनि पोष्टपोन्ड

Prabhas Pooja Hegde

ओमिक्रोन भेरियन्टको खतरा बढेपछि भारतमा भारतमा धमाधम फिल्महरुको प्रर्दशन मिति सार्न थालिएको छ। बलिउड तथा साउथका फिल्महरुको प्रदर्शन मिति धमाधम सर्दे गएका छन्न् भने अधिकांश राज्यका सिनेमा हलहरु पनि बन्द भइसकेका छन् ।

बहुप्रतीक्षित प्रतीक्षित फिल्म ‘आरआरआर’ जनवरी ७ बाट पोष्टपोन्ड भइसकेको छ भने यस्तैमा अब अर्को प्रतीक्षित साउथ फिल्म ‘राधे श्याम’को प्रदर्शन मिति पनि पछि सारिएको छ ।

साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको फिल्म ‘राधे श्याम’को प्रदर्शन मिति जनवरी १४ बाट पोष्टपोन्ड गरिएको छ ।

यो फिल्मलाई जनवरी १४ मै ल्याउने तयारी यसको निर्माणपक्षले गरेको थियो । तर, भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि यसको निर्माणपक्ष पनि आफ्नो अडानमा कायम रहन सकेन ।

राधाकृष्ण कुमार निर्देशनमा बनेको यस फिल्मको ट्रेलरमा प्रभाष र पूजा हेगडेको प्रेम सम्बन्धमा आएको उतारचढाब देखाइएको छ ।

यो फिल्म प्रेम कथामा आधारित रहेको छ । यस फिल्मको सुटिङ सेटका लागि एक करोड भन्दा बढी खर्च गरिएको थियो ।

फिल्ममा प्रभास, पुजा हेगडेका साथै सचिन खेडकर, प्रियदर्शी, भाग्यश्री, मुरली शर्मा लगायतको अभिनय रहनेछ।

यूवी क्रिएसन र गोपीचन्द पिक्चरले टी–सिरिजसँग मिलेर निर्माण गरेको यस फिल्म हिन्दी, अंग्रेजी र तेलुगू भाषामा प्रर्दशन हुने जनाइएको छ ।

यस्तै, साउथकै अर्का स्टार अजित कुमार अभिनित फिल्म ‘वालिमाई’को प्रदर्शन मिति पनि जनवरी १३ बाट पछि सारिएको छ ।