१६ चैत्र २०८०, शुक्रबार

आज राष्ट्रियसभा सदस्यको उम्मेदवारविरुद्ध उजुरी दिने कार्यसूची

Election Commission Nepal

राष्ट्रियसभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिने सकिने निर्वाचन आयोगले जनाएको छ ।

हिजो उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यसूची रहेको आयोगले जनाएको छ । आज उम्मेदवारविरुद्ध उजुरी परे भोलि र पर्सी उजुरीमाथि छानबिन हुनेछ ।

यस्तै आगामी शनिबार उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबमा बिदा हुँदै छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ ।

आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् । जसमा एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मेदवार उठाएको छ ।

निर्वाचनमा भने सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा देखिएको छ ।