१३ बैशाख २०८१, बिहीबार

आइतबार प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

Sher Bahadur Deuba
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिने भारत भ्रमणमा जाने तयारी गर्नु भएको छ ।

आउँदो आइतबार नयाँ दिल्लीमा हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जान लाग्नुभएको हो । उहाँले सोमबार गुजरातको अहमदाबादमा आयोजना हुने भाइब्रेन्ट गुजरात सम्मेलनलाई सम्बोधन गर्नुहुने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।