१३ बैशाख २०८१, बिहीबार

आइएचयू कोरोनाको नयाँ स्वरूप फेला, ओमिक्रोनभन्दा बढी संक्रामक

corona hotwater

फ्रान्सका वैज्ञानिकहरूले कोरोना भाइरसको बढी संक्रामक नयाँ स्वरूप फेला पारेका छन्। यो स्वरूप (भेरियन्ट) धेरै उत्परिवर्तित (म्यूटेड) छ र यसको नाम आइएचयू हो।

यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्। वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको बताएका छन्। वैज्ञानिकहरूले यो ओमिक्रोनभन्दा बढी खतरनाक भएको बताएका छन्।

यो स्वरूपका कम्तीमा १२ जना संक्रमित मार्सेमा फेला परेका छन्। फ्रान्सबाट मानिसहरू अफ्रिकाको क्यामरुन गएका थिए। संसारका अधिकांश भाग ओमिक्रोनको चपेटामा परेका वेला आइएचयू भेरियन्ट फैलिने खतरा बढेको छ।