८ बैशाख २०८१, शनिबार

२०२ देशमा फैलियो कोरोना, मृतकको संख्या ४२ हजार नाघ्यो

3D medical animation corona virus

विश्व्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण २०२ देशमा पुगेको छ । यसबाट मृत्यू हुनेको संख्या ४२ हजार नाघेको छ । वर्ल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ८५६,९१७ पुगेको छ भने मृतकको संख्या ४२,१०७ पुगेको छ ।

अहिलेसम्म १७७,१४१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् भने ६३७,६६९ जनामा अहिले पनि कोरोनाको संक्रमण रहेको छ । यसमध्ये ६०५,२९७ जना सामान्य अवस्थामा छन् जुन कुल संक्रमितको ९५ प्रतिशत हो । कुल संक्रमितमध्ये ५ प्रतिशत गम्भीर अवस्थामा छन् जुन संख्या ३२,२९७ रहेको छ ।

२१९,२४८ जना संक्रमितको नतिजा आएकोमा ८१ प्रतिशत अर्थात् १७७,१४१ जना निको भएका हुन् भने १९ प्रतिशत अर्थात् ४२,१०७ जनाको मृत्यू भएको हो । एजेन्सी