१३ माघ २०७८, बिहीबार

घरेलु मैदानमै पराजित एभर्टन

Everton F.C.

इंग्लिस प्रिमियर लीग फुटबलमा एभर्टन घरेलु मैदानमै पराजित भएको छ।

गएराति भएको खेलमा एभर्टन ब्राइटनसँग ३–२ गोल अन्तरले पराजित भएको हो । एभर्टनको मैदानमा ब्राइटनलाई जित दिलाउन म्याक एलिस्टरले दुई गोल गरे । डान बर्नको नाममा एक गोल रह्यो ।

एभर्टनका एन्थोनी गोर्डनले दुई गोल फर्काए । एभर्टनका काल्भार्ट लेविनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

हारसँगै एभर्टन १९ अंकसहित १५ औँ स्थानमा छ । ब्राइटन २७ अंकसहित आठौं स्थानमा छ ।

    सम्बन्धित समाचार...