६ बैशाख २०८१, बिहीबार

एकीकृत समाजवादीमा पूर्वसांसद रायमाझीसहित एमालेका ६६ जना जिल्ला कमिटी सदस्य प्रवेश

samajbadii 1536x1074 1

नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझीले विगतदेखि नै पार्टीमा चरम विकृति र बिसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको उल्लेख गर्नुभएको छ ।

रायमाझीले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी गराउँदै समाजवादीले दिने जिम्मेवारी इमान्दारिपूर्वक निभाउने बताउनुभएको छ ।

रायमाझीले तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधिविधान र कम्युनिष्ट आचरण विपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताउनुभएको जिल्ला अध्यक्ष कमल पाण्डेयले जानकारी दिनुभयो ।

पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहनुभएका रायमाझी तत्कालीन नेकपामा विवाद हुँदा माधव–प्रचण्ड पक्षमा हुनुहुन्थ्यो । तर एमाले विभाजनपछि भने उहाँ एमालेमै रहनुभएको थियो । उहाँ एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्यसमेत हुनुहुन्थ्यो।

Yadhav 696x313 1

एमाले जिल्लाकमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बरालसँगै ६६ जना एकीकृत समाजवादीमा प्रवेश गरेका एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले बताउनुभयो ।

बराल गत स्थानीय चुनावमा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएर झिनो मतले पराजित हुनुभएको थियो । कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेयले देशमा विधि र विधान स्थापित गराउन नेकपा एकिकृत समाजवादी गठन भएको बताउनुभयो ।