१५ चैत्र २०८०, बिहीबार

फेसबुकमा पुराना तस्विरहरु पुन: सतहमा लिएर आएका १० रमाईला कमेन्टहरु

Facebook

केहि दिनएता सामाजिक सन्जाल फेसबुकमा प्रयोगकर्ताहरुको पुराना तस्विरहरु पुन: सतहमा देखिन थालेको छ ।

कोरोना संक्रमण रोक्नको लागी लकडाउन गरे पछी ईन्टरनेट प्रयोगकर्ताहरु समय कटाउनका लागी खोजी खोजी रमाइला कमेन्ट गर्न थालेका छन । उसै त ईन्टरनेट सेवा प्रदायक संस्थाले ईन्टरनेट प्रयोग कम गर्न विज्ञप्तीनै जारी गर्नु परेको थियो तर त्यतिकैमा प्रयोगकर्ताहरु रोकिएका छैनन् ।

धेरै कमेन्टहरु मध्य हामीलाई रमाईला लागेका १० कमेन्टहरु पस्केका छौं ।

हालै प्राप्त जानकारी अनुसार WHO ले कोरोना बिरुद्ध को औसधिको रुपमा हजुरको मुस्कानलाइ प्रयोग गर्ने निर्णय प्लिज यो मुस्कान लिएर फेसबुकमा सधै लाइव आउनु होला

भन्दा गफ हाने जस्तो तपाईं को यो जादुमय तर्बिर हेरे पछि मलाइ कोरोना सङ लड्ने हौसला मिलेको छ । यो तस्बिर चाइना इटली अमेरिकाले पाए अर्बैमा किनेर लैजान्छन होला । त्यो तस्बिर बिना नेपाल अधुरो रहान्छ त्यसैले नबेच्नु होला । धन्यवाद ।

म अचम्मित छु..भयभित छु….त्रसित छु… सोचले ग्रसित छु…. यो के भयो ? आखिर कसरी भयो ? ,के यहि राम्रो तस्वीर देख्न म यो माहामारी मा पनि जिवित छु ?

गाउँमा एकजना किसानको भैसी गर्भवती हुन नसकेर चिन्तित थिए अनि यो तस्बिर देखाइएको थियो अर्को दिन बिहान गाउँमा सनसनी फैलियो यो फोटोको चमत्कारले गर्दा भैसीले पाडाे पाएछ अनि मात्र यो फोटोको दम थाहा भयो

तास खेल्दै थेम एउटा जोकर नपुगेर खेल नै बन्द होला जस्तो थियो, धन्न हजुरको फोटो आयो र खेल्न पाइयो

जनकपुरमा चुरोट बन्छ चितवनमा सलाई, तपाईको फोटाेमा कमेन्ट् नगरुनजेल चितबुझ्दैन मलाई।

कृपया लाइनमा बसेर पालैपालो कमेन्ट गर्नुहोला। कमेन्ट गरिसकेपछि राम्रोसँग साबुनपानीले हात मिचिमिची धुनुहोला। धन्यवाद । पुराना फोटो मन्त्रालय द्वारा जनहीतमा जारी ।

हेर्नुस सोझो को मनमा पाप छैन भाको कुरा भन्दि हाल्छु । यो फोटो हेरेर म आधा घण्टा सम्म बेहोस भएछु भर्खर बिउझेर कमेन्ट गर्दैछु लेट भयो दुस्ख नमान्नु है यो फोटोमा तपाई यति सुन्दर देखिनु भाछ कि बयान गर्न म सँग कुनै शब्दै छैन मैले शब्द कोष पनि हेरे तर शब्द कोषम त्यस्तो कुनै शब्द भेटीन तपाईको जय होस अगामी दिनहरुमा पनि यस्तै यस्तै फोटो हाल्नु हुनेछ भनेर,, आश गरेको छु

फोटो के हो? असल फोटोका गुणहरु के के हुन ? फोटो खिच्दा क्यामेरा अनि क्यामेरामेनलाइ कसरी हेर्ने? ज्यान कति डिग्री कता तिर कसरी ढल्काउने? हात कहाँ राख्ने? हाउभाउ कस्तो हुने? कसरी रियाक्ट गर्ने? ड्रेसअप कस्तो हुने भन्ने हजुरको यो फोटोबाट सबै प्रस्ट, छर्लङ्ग हुनेरैछ। हजुरको यो फोटो पो फोटो !! अरु त के फोटो र खै !! धन्न यत्तिको फोटो फेसबुकमा राख्नुभाको रैछ र सिक्ने मौका पाए। मुरी मुरी धन्यवाद हजुरलाइ !!

एक भन्दा बढी लाईक गर्न पाईन्न रहेछ नत्र सारा जिवन यहि फोटोमा लाईक गरेर विताउने थिँए। काठमाडौं को लोड्शेडिङ त के बिश्व कै अन्धकार हटाउन सक्ने क्षमता देख्छन नासाका बैज्ञानीकहरु तपाइको यो तस्बिरमा । बिज्ञानमा मात्र हैन धर्म क्षेत्रमा पनि प्रभाब पार्न पुगेको छ तपाईको यो तस्बिरले । महात्मा हरु भन्छन यस तस्बिरको प्रबेश प्राचिन कालमा हुन पर्थ्यो । महाभारत र रामायण जस्ता ठुला ठुला युद्व रोक्ने क्षमता छ रे तपाइको यो धपक्क बलिरहेको अनुहार मा । फोटो भनेको त एस्तो हुनपर्छ नि, हिरा भन्दा कम छैन । आज्कल जस्तो पायो तेस्तै फोटो हाल्छन मान्छेहरु तर यो फोटो ३०°,४५° चाही ९०° हेरेपनि सुन्दर देखिन्छ । यो फोटो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ त्यसैले होशियार हुनुहोला । यस फोटोलाइ सङ्रहमा लगेर राख्ने हो भने पनि लाखौले हेर्न आउनेछन । करोडौंमा लिलाम पनि हुन सक्छ । मैले एति राम्रो फोटो देखेकै थिएन । कसम से हो के । अझ त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु, जुन भन्दा चम्किलो धपक्कै बलेको मोहडा आहा कति राम्रो के । जुनले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ । त्यो केश । त्यो आखा । त्यो ओठ । त्यो हसिलो मुहार आहा साच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा । तपाइलाइं त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुदा हुन है । भयो छोडनुस तपाईंको सुन्दरताको बयान गर्न त ५०० पानाको किताब नै लेख्नुपर्ने हुन्छ त्यसैले यहा बयान गरेर साध्य छैन । अझै गर्थे बयान तर ऐले अबेर भयेछ । ल कीप इट अप । जो पाई लाई यो फोटो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान ल जादाजादै एउटा सल्लाह दिन्छु कि हजुरले यो सुन्दर चम्किलो अनुहार ले फिल्म खेल्नुभयो त सुपरहिट हुनेमा शंकै छैन त्यसैले अब फिल्म क्षेत्रमा लाग्दा हजुर रातारात सुपरस्टार हुनुहुन्छ । हस बाई बाई