१६ चैत्र २०८०, शुक्रबार

कोरोना संक्रमणबाट थप चार जनाको निधन, २३५ संक्रमित थपिँदा २१२ संक्रमणमुक्त

corona insurance

नेपालमा पछिल्लो समय २ सय ३५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने चार जनाको निधन भएको छ।

७ हजार ८ सय ८५ जनामा गरिएको परीक्षणमा २ सय २४ पीसीआर विधिबाट संक्रमित पाइएका हुन् । १ हजार १ सय ९९ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ४ जना कोरोना संक्रमितको निधन भएको छ । योसँगै नेपालमा कोरोनाबाटनिधन हुनेको सङ्ख्या ११ हजार ५ सय ९४ पुगेको छ । गएको समयमा २ सय १२ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर ४ हजार ८ सय ७९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ३९ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।