१३ बैशाख २०८१, बिहीबार

खुमालटारस्थित निवास छोड्ने प्रचण्डको घोषणा, केन्द्रीय नेताले निर्वाचन क्षेत्रमै बस्नुपर्ने

prachanda1640944649

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमालटारस्थित निवास छोड्नुहुने भएको छ ।

पार्टीको काठमाडौंमा जारी आठौं महाधिवेशनका सहभागी प्रतिनिधिहरुले केन्द्रीय नेताहरुको विलाशी जीवनशैलीबारे प्रश्न उठाएपछि अध्यक्ष दाहालले आफूले चाँडे खुमालटारको निवास सार्ने बताउनुभएको हो । केन्द्रीय नेताहरुले आफ्नै निर्वाचन क्षेत्रमा बस्नुपर्ने महाधिवेशनका सहभागीहरुले दिएको सुझाव पनि पारित भएको छ ।

अध्यक्ष दाहालले माओवादी केन्द्रका केन्द्रीय सदस्यले काठमाडौंमा बस्न नपाउने भएको बताउनुभयो ।

उहाँले पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा गर्नुभएको छ ।

यसैबीच महाधिवेशनमा अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित भएको छ । योसँगै बन्दसत्र शनिवार विहान ११ बजे पुनः शुरु गर्ने गरि स्थगित भएको छ ।

अहिले प्रज्ञाभवनमै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकमा विधान संशोधन विधेयक लगायतका एजेण्डामाथि छलफल भइरहेको छ ।