१३ बैशाख २०८१, बिहीबार

सप्तरीका दुई युवक पिट्ने सशस्त्र प्रहरी निलम्बनमा

apf beats locals

भारतबाट औषधि किनेर आइरहेका सीमावर्ती क्षेत्र सप्तरीका दुई युवकमाथि कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई नेपाल–भारत सीमाको बलान खोलामा चैत १६ गते दिउँसो कुटपिट भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएको टोलीले यी दुबैलाई कुटपिट गरेका थिए । कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छ ।

सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई नेपाल–भारत सीमाको बलान खोलामा चैत १६ गते दिउँसो कुटपिट भएको थियो ।भिडियो स्रोत : सामाजीक सञ्जाल

Nepal Ghatana ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಮಂಗಳವಾರ, ಮಾರ್ಚ್ 31, 2020

कुटपिटको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरीलाई कारवाहीको लागि दवाव परेको थियो । त्यही दवावका कारण सशस्त्र प्रहरी चौधरीलाई कारवाही गर्न बाध्य भएको हो । गणेश चौधरीलाई हिजो बेलुका कारवाही गरिएको एसएसपी न्यौपानेले बताए ।

‘अहिले एक महिनाका लागि निलम्बन गरिएको हो, घटनाको बारेमा थप छानविन भइरहेको छ, छाविनबाट आउने निष्कर्षका आधारमा थप कारवाही गर्ने कि नगर्ने भन्नेमा निर्णय हुन्छ’ उनले भने ।

गाउँपालिका अध्यक्ष दायानन्द गोइतले लकडाउनमा घरबाट निस्कन नहुने भएपनि आवश्यक सामान ल्याउन एकदुईजना निस्कदा प्रहरीले त्यसरी कुटपिट गर्न नहुने बताए ।