१५ चैत्र २०८०, बिहीबार

२०७७ सालको दसैंको टीका कात्तिक १० मा, भाइटीका १ मंसिरमा

tika and jamara

२०७७ सालको दशैंको टीका १० कात्तिक र भाइटीका १ मंसिरमा परेको छ । २०७७ सालमा मलमास परेकाले चाडपर्व धकेलिएको हो ।

जसअनुसार दसैैंको फूलपाती ७ कात्तिकमा परेको छ । सरकारले ७ कात्तिकदेखि ११ कात्तिकसम्म दसैंको बिदा दिएको छ ।

यसैगरी लक्ष्मी पूजा २९ कात्तिकमा परेको छ । २९ कात्तिकदेखि १ कात्तिकसम्म सरकारले तिहारको बिदा दिएको छ ।

३० गते आइतबार म्हपूजा र मंसिर १ गते सोमबार गोबद्र्धन पूजा परेको छ । भाइटीका र नेपाल सम्वतको नयाँ वर्ष एकैदिन परेको छ ।

यस्तै गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षरिमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको छ ।

सरकारले पर्व बिदानमा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व बिदा दिएको छ ।

त्यसैगरी महिला कर्मचारीको लागि तीज बिदा दिएको छ । भदौ ५ गते शुक्रबार तीज बिदा दिएको छ भने जितिया पर्वमा पनि महिला कर्मचारीहरुको लागि बिदा दिएको छ ।

वसन्त पञ्चमीमा शिक्षण संस्थालाई बिदा दिएको छ । जात्रा बिदामा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा बिदा दिएको छ ।

त्यसैगरी दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिएको छ । तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ ।