७ बैशाख २०८१, शुक्रबार

सवारी साधन पास यी ४ ठाँउबाट पाउन सकिने (सूचनासहित)

Corona2020 03 31 09 10 14

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम थप नहोस भन्नका लागि सरकारले लकडाउन गरेको छ । सरकारले लकडाउनको अवधि आठ दिन थप गरेसँगै  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पास लिनेको भीड लागेको छ।

कोरोना भाइरसको महामारी फैलिन नदिन लकडाउन समय थप गरेपछि सोमबार प्रशासनमा सवारी पास लिनेको भीड लागेको हो। लकडाउनको समयमा अत्यावश्यक कामका लागि बाहिर निस्किन पर्ने अवस्थामा सरकारले उपलब्ध गराउन लागेको पास अब विभिन्न ४ निकायले उपलब्ध गराउने भएको छ । यसभन्दा अघि जिल्ला प्रशासन कार्यालयबाट मात्र पास उपलब्ध गराउने गरेको थियो ।

सरकारले दोस्रो चरणको लकडाउन आगामी चैत २५ गतेसम्मको लागि बढाएको छ । जसको कारण जिल्ला प्रशासन कार्यायलमा मात्र भिडभाड हुने भएकाले विभिन्न ४ निकायबाट पास उपलब्ध गराउन लागिएका जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गरी अब बैंक तथा वित्तीय संघसंस्थाका कर्मचारीका लागि पास आवश्यक परेको खण्डमा राष्ट्र बैंकबाट वितरण गरिने छ। राष्ट्रसेवक कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट वितरण हुनेछ।

खाद्यबस्तु लगायतका अत्यावश्यक दैनिक उपभोग्य अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु आपूर्ति गर्ने निकाय / संघ संस्थाको हकमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जनाएको छ।

त्यसैगरी काठमाडौंमा बस्न नसक्ने र उपत्यकाबाहिर घर जानैपर्ने भएका ठूला कम्पनी, कन्ट्रक्सन वा इँटा भट्टामा काम गर्ने ठूलो संख्यामा रहेका मजदुरको हकमा भने डीएसपी रहने प्रहरी कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ। उक्त कार्यालयबाट उनीहरुलाई गन्तन्यसँग पुग्ने व्यवस्था हुने भएको छ । 

प्रेसको हकमा भने सवारी पास मिडिया काउन्सिलको कार्यालय बाट लिन सकिने जनाएको छ।

साथै यसबाहेक अन्य आकस्मिक प्रयोजनका लागि आवश्यक पर्ने सवारी पासमात्रै प्रशासन कार्यालयले दिने सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा अत्यधिक भीड बढेकाले त्यस्तो निर्णय गरिएका जनाइएको छ ।

jjb

    सम्बन्धित समाचार...