६ बैशाख २०८१, बिहीबार

प्रचण्डकै कारण देशमा संविधानसभा सम्भव भयो, अध्ययन नै नगरि एमसीसीको विरोध भयो : प्रधानमन्त्री देउवा

Deuba
फाइल फोटो

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण देशमा संविधानसभा निर्वाचन सम्भव भएको बताउनुभएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले देशको नयाँ संविधान निर्माणमा प्रचण्डको योगदान इतिहासमा अमिट भएर रहने बताउनुभयो । अहिलेको संविधान समावेशी र अग्रगामी भएको बताउदै प्रधानमन्त्री देउवाले नयाँ संविधान निर्माणमा प्रचण्डको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । तर केही शक्तिहरु यो संविधान भंग गर्न लागिपरेको उहाँको भनाइ थियो । त्यसलाई रोक्न वर्तमान गठबन्धन बनेको उहाँले बताउनुभयो । संसद बचे मात्र संविधान बच्छ, त्यसैले संसदको रक्षार्थ गठबन्धन जन्मिएको हो, प्रधानमन्त्री देउवाले भन्नुभयो शान्ति प्रक्रियाका केही कामहरु बाँकी छन् । त्यसलाई सम्बोधन गरेर देशमा स्थायी शान्तिका लागि गठबन्धन सरकार प्रतिवद्द छ ।

फरक प्रसँगमा प्रधानमन्त्री देउवाले एमसीसी अध्ययन नै नगरेकाहरुले नकरात्मक प्रचार गरिरहेको गुनासो गर्नुभयो । एमसीसी नेपालको हीतमा रहेको जिकिर गर्दै उहाँले नेपालको कानून मान्ने शर्तमै एमसीसीलाई नेपालले अनुमोदन गर्न चाहेको प्रष्ट पार्नुभयो ।