८ बैशाख २०८१, शनिबार

ज्येष्ठ नागरिक दिवस : सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता

birdha old man 1024x683 1

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले विद्यमान कानूनी प्रबन्धबमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने बताउनुभएको छ ।

उहाँले सन्देशमा सुविधायुक्त ज्येष्ठ नागरिक अस्पतालको निर्माण कार्य प्रारम्भ गरिएको र ज्येष्ठ नागरिकप्रति हुने दुव्र्यवहार नियन्त्रणका लागि आवश्यक कानूनी सुधारका साथै सामाजिक एवं सामुदायिक चेतनामूलक अभियान सञ्चालन गर्दै दुव्र्यवहारमुक्त समाज निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गरिरहेको छ भन्नुभएको छ ।

“ज्येष्ठ नागरिकको सम्मान बिना समाज सभ्य र सुसंस्कृत हुन सक्दैन, ज्येष्ठ नागरिकलाई उचित भरणपोषण गर्नु, सम्मान दिनु हामी सबैको कर्तव्य हो, व्यवहारमा हाम्रा आचरण र कर्मले ज्येष्ठ नागरिकलाई सम्मान दिनसकेमा यस दिवसको नाराले सार्थकता पाउँछ” सन्देशमा उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकका अधिकार संरक्षण र सामाजिक सुरक्षाका संवैधानिक प्रावधानको कार्यान्वयनमा मन्त्रालयको तर्पmबाट प्रतिबद्धता प्रकट गर्न चाहान्छु ।”

मन्त्री रेग्मीले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको साझा कार्य जिम्मेवारीमा रहेको ज्येष्ठ नागरिक अधिकार संरक्षण एवं सामाजिक सुरक्षाका लागि समन्वयात्मक र एकीकृत नीति तथा कार्यक्रम तर्जुमा गर्न मन्त्रालयले पहलकदमी लिने बताउनुभएको छ । उहाँले सन्देशमा भन्नुभयो, “हरेक स्थानीय तहमा स्थापना गरिने ज्येष्ठ नागरिक मिलन केन्द्रलाई ज्येष्ठ नागरिकको ज्ञान, सीप अनुभवको पुस्तान्तरणका लागि अन्तरपुस्ता अन्तक्र्रिया गर्ने र मनोरञ्जनात्मक स्थलको रुपमा समेत विकास गर्ने मन्त्रालयको लक्ष्य रहेको छ ।” मन्त्री रेग्मीले मातृदेवो भवः पितृदेवो भवः भनी आफ्नो परिवारको ज्येष्ठ नागरिकको मर्यादित, सम्मानित र सुखी जीवनतर्फ प्रेरित गर्ने नेपालको पूर्वीय दर्शन एवं सांस्कृतिक परम्परा अक्षुण राख्दै सुुुसंस्कृत सभ्यताको परिचय दिन तीनै तहका सरकार, घर परिवार, समाज एवं सबै नागरिकलाई आग्रह गर्नुभयो ।

ज्येष्ठ नागरिकको जीवनयापनमा भरथेग र सम्मानप्रति राज्यको कर्तव्यलाई बोध गरी सरकारीस्तरबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न आरम्भ भएको दिनलाई स्मरण गर्दै ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यो दिवस मनाउने तयारी गरिएको छ ।

    सम्बन्धित समाचार...