१६ चैत्र २०८०, शुक्रबार

आयोगमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

Election Commission Nepal

अगामी माघ १२ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले दल दर्ता गराएको आयोगका सह–प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो ।

यसैगरी हिजो नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी(जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले दल दर्ता गराएको सह–प्रवक्ता धमलाले बताउनुभयो ।

१२ राजनीतिक दलमध्ये ९ राजनीतिक दलले ७ वटै प्रदेशमा, २ राजनीतिक दलले प्रदेश २ मा र एउटा राजनीतिक दलले प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा निर्वाचनमा भाग लिने छन् ।

file photo
राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि आजसम्मका लागि तोकिएको थियो ।

यही पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली काँग्रेसका तीन सदस्य छन् ।

निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २ जार २५ जनालाई आयोगले मतदाता कायम गरेको छ ।