 
							
					फाइल फोटो
				
					नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले विभिन्न पार्टीसँग एकता हुन लागेको खुलासा गर्नुभएको छ।
दाङको भालुवाङमा पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विभिन्न वामपन्थी पार्टीहरुसँग एकता हुन लागेको खुलासा गर्नुभएको हो ।
साना कम्युनिष्ट पार्टीहरुसँग एकता हुने बताए पनि अध्यक्ष नेपालले तत्काल माओवादी केन्द्र लगायत ठूला पार्टीसँग एकता नहुने स्पष्ट पार्नुभयो । उहाँले पूष १३ गते काठमाडौंमा विभिन्न साना पार्टीहरुसँग एकताको घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।
एकताबाट मात्रै शक्ति आर्जन हुने भन्दै अध्यक्ष नेपालले आन्दोलन सफल पार्न साना कम्युनिष्ट घटकहरुसँग एकता गर्न लागेको बताउनुभयो । ।
नेपालले पाँच दलीय गठबन्धन सबै तहको निर्वाचनसम्म कायम रहने समेत दावी गर्नुभएको छ ।
 
											 
											 
											 
									 
									 
									